हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः लामो समयदेखि कार्यपालिका बैठकका निर्णय सार्वजनिक नभएको भनी आलोचना भएपछि अन्ततः हेटौँडा उपमहानगरपालिकाले पुस ६ गते शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णयहरु पुस ८ गते आइतबार सार्वजनिक गरेको छ । हेटौँडा उपमहानगरपालिकाको सूचना शाखाले इमेलमार्फत पुस ६ गते बसेको कार्यपालिका बैठकका निर्णयहरु समृद्ध समाज दैनिकलाई उपलब्ध गराएको छ ।

कार्यपालिका बैठकका निर्णयको सूचनामा भने पुस ६ गतेकै मिति राखिएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हस्ताक्षर गर्नुभएको विवरणमा ११ बुँदामा निर्णयहरु सार्वजनिक भएको छ ।

नगर कार्यपालिका बैठकले गरेका निर्णयको विवरण तपसील बमोजिम छन् ।