नवनिर्वाचित समितिका पदाधिकारीले सपथ ग्रहण गर्दै ।

हेटौँडाः हेटौँडा–२, कान्तिराजपथस्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजु अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । शनिबार संस्थाको २४ औं वार्षिकोत्सवबाट अधिकारी संस्थाको अध्यक्ष चयन हुनुभएको हो ।

अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । संस्थाको उपाध्यक्षमा बालकृष्ण न्यौपाने, सचिवमा रविन ढकाल, कोषाध्यक्षमा राजेन्द्र प्रसाद पुडासैनी र सह–सचिवमा शंकर बहादुर रोक्का चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा गोविन्द सापकोटा, जयराम अर्याल, प्रदीप अधिकारी, कृष्णप्रसाद घिमिरे, गीता कोइराला र प्रभाकर पुडासैनी चयन हुनुभएको छ । यस्तै संस्थाको लेखा समिति सयोजकमा पूर्ण प्रसाद पुडासैनी र सदस्यहरुमा धर्मराज पोखरेल र कुवेर पोखरेल चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघि सहकारीकी अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । एक हजार आठ सय १८ जना शेयर सदस्य रहेको सहकारीमा २ करोड २१ लख २९ हजार रुपैयाँ शेयर पुँजी छ । ३९ लाख ८७ हजार रुपैयाँ जगेडा कोष रहेको संस्थाले २१ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ ।

साधारणसभाको अवसरमा संस्थाले समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठसँगै विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले ज्येष्ठ सदस्यको रुपमा कान्छीमाया थिङ, बचतकर्तातर्फ बिनिता श्रेष्ठ र धिरज सुनारलाई सम्मान गरेको छ । यस्तै कारोबारी सदस्यतर्फ चन्द्र बहादुर मल्ल र सन्तमाया मोक्तानलाई, व्यवसायीतर्फ सोम बहादुर थिङ र रेणु गुरुङ र बाल बचततर्फ एड्रियल वाईबालाई सम्मान गरेको छ । यस्तै संस्थापक शेयर सदस्यको रुपमा वैकुण्ठ प्रसाद पुडासैनी र रामशरण घिमिरे, सञ्चालक समितितर्फ राजेन्द्र प्रसाद पुडासैनी र कर्मचारीतर्फ सानिमा रञ्जितकार सम्मानित भएका छन् ।