Home खेलकुद जिल्ला लिग क्वालिफाइ नकआउट फुटबलः रेफ्रि कुटने क्लबलाई कारबाही

जिल्ला लिग क्वालिफाइ नकआउट फुटबलः रेफ्रि कुटने क्लबलाई कारबाही

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिग छनोट प्रतियोगितामा रेफ्रीमाथि कुटपिट गर्ने दि रिभाइबल युथ क्लबका खेलाडीलाई कारवाही गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष टीकाराम लामाले मंगलबार एक सूचना प्रकाशन गर्नुहुँदै दि रिभाइबल युथ क्लबलाई कारबाही गर्ने निर्णय गर्नुभएको हो ।

सोमबार पञ्चशील युवा क्लब र दि रिभाईबल क्लब बीचको खेल सकिएपछि दि रिभाइबल क्लबका खेलाडी, अफिसियलले रेफ्री माथि हातपात, गरेकोले क्लब, खेलाडी र अफिसियलहरुलाई कारबाही गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । दि रिभाईबल क्लबलाई ३ वर्ष, क्लबका गोलरक्षक तथा क्याप्टेन अनिल लोलाई २ वर्ष, क्लबका खेलाडी सुनिल खड्कीलाई ३ वर्ष र क्लबका टिम म्यानेजर कृष्ण बहादुर ठकुरीलाई ३ वर्ष एन्फाले आयोजना गरेको फुटबल प्रतियोगितामा र एन्फा रेफ्री आवद्व प्रतियोगितामा सहभागी जनाउन प्रतिबन्ध गरिने बताइएको छ ।

यस्तै मकवानपुर जिल्ला फुटबल संघले दि रिभाइबल युथ क्लबका समर्थक ओम गुरुङ (कृष्ण) लाई पनि एक वर्ष प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

Exit mobile version