हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती खोलाले बगाउँदा स्थानीय ४५ वर्षीय मंगलबहादुर रुम्बाको मृत्यु भएको छ ।
सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाबाट मकवानपुरको बागमती गाउँपालिकास्थित घर फर्कने क्रममा बागमती खोला तर्ने क्रममा मंगलबहादुरलाई बगाएको थियो । बागमती खोलाले बगाएर मंगलबहादुरको शव बागमती गाउँपालिका–५, दोभानमा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।
