Home मुख्य समाचार बागमतीमा बैशाख २४ गते सार्वजनिक बिदा

बागमतीमा बैशाख २४ गते सार्वजनिक बिदा

हेटौँडा : बागमती प्रदेशमा बैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो ।

बागमती प्रदेश राजपत्रको खण्ड ९ संख्या ९ प्रदेश राजपत्र भाग ३ अनुसार २०८२ चैत २३ गते प्रकाशित सूचना बमोजिम बैशाख २४ गते बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । उक्त दिन प्रदेशभर सार्वजनिक संस्था तथा विद्यालय बन्द हुनेछन । बागमती सरकारले २०८० बैशाख २४ गते प्रदेश सरकारी काम काजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै उक्त दिनलाई भाषा दिवस मनाउँदै आएको छ ।

Exit mobile version