Home खेलकुद खेलकुद तथा व्यापार महोत्सवको तयारी बैठक

खेलकुद तथा व्यापार महोत्सवको तयारी बैठक

हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले हेटौंडामा आयोजना गर्न लागेको खेलकुद तथा व्यापार महोत्सवको तयारी सुरु भएको छ । सोमबार मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा महोत्सवसम्बन्धी विभिन्न निर्णय गरिएको हो ।

मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति संस्था नेपालको आयोजनामा आगामी पुस ५ गतेदेखि १७ गतेसम्म खेलकुद व्यापार महोत्सव हुनेछ । बैठकमा १४ वटा खेलकुद संघका पदाधिकारीहरुको उपस्थितिमा विभिन्न निर्णय गरिएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको संयजकत्वमा १ सय १ सदस्यीय महोत्सव मुल आयोजक समिति बनाइने निर्णय बैठकले गरेको छ । महोत्सवमा हुने प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखको संयोजकत्वमा विभिन्न खेल संघका पदाधिकारी सदस्य रहने निर्णय गरिएको छ ।

यस्तै, महोत्सवमा विभिन्न खेलहरुका पूर्वअध्यक्षहरुको पनि सहभागिता रहने बताइएको छ । महोत्सव आयोजनाका लागि एभरेष्ट बैंकमा वेश खड्गी र शोभा घिमिरेको संयुक्त दस्तखत रहने गरी खाता सञ्चालन गरिने निर्णय भएको बताइएको छ । बैठकले महोत्सवमा आयोजना हुने विभिन्न खेलका लागि संयोजक र मिति तोकेको छ ।

महोत्सवअन्तर्गत् एथ्लेटिक्स खेल प्रभाकर पाण्डेको संयोजकत्वमा पुस ५ गते हुनेछ । कराँते सुनिल खड्कीको संयोजकत्वमा पुस ५ गते हुनेछ भने मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव विक्रम लामिछानेको संयाेजकत्वमा पुस ९ गते तेक्वान्दो खेल हुनेछ ।

यस्तै, केवल बानियाँको संयोजकत्वमा ब्याडमिन्टन खेल आयोजना हुनेछ । विश्वनाथ पाठकको संयोजकत्वमा पुस ११ र १२ गते उसु खेलको आयोजना गरिने निर्णय बैठकले गरेको छ । यस्तै, प्रकाश माझीको संयोजकत्वमा आइटीएफ, आशीष थापाको संयोजकत्वमा फुटबल, सुनिल लोप्चनको संयोजकत्वमा रेसलिङ, सन्तोष श्रेष्ठको संयोजकत्वमा भलिबल, मनोज सर्माको संयोजकत्वमा हक्की खेल आयोजना हुनेछ । अनिल दहालको संयोजकत्वमा बक्सिङ, किशोर श्रेष्ठको संयोजकत्वमा फुल कन्ट्रयाक्ट कराँते, सुमन नेपालीको संयोजकत्वमा कबड्डी र करन महत्रा क्षेत्रीको संयोजकत्वमा क्रिकेट आयोजना गरिने निर्णय गरिएको छ ।

Exit mobile version