पुरस्कारस्वरुप पुस्तक हस्तान्तरण गरिँदै ।

हेटौंडाः बालबालिकामा पठन संस्कृतिको विकास होस भन्ने उद्देश्यका साथ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ ले टोल अन्तर्गत रहेको विभिन्न बाल समूहहरुको कार्यक्रममा पुरस्कारस्वरुप बाल पुस्तक वितरण गर्दै आइरहेको छ । विशेषगरी शुक्रबार र शनिबार हुने बाल समूहको अतिरिक्त क्रियाकलाप तथा कार्यक्रममा पुस्तक वितरण गर्ने गरिएको छ ।

पुरस्कारस्वरुप पुस्तक पाएपछि सामूहिक तस्वीर खिचाउँदै बालबालिका ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य तथा बालमैत्री सम्पर्क व्यक्ति श्यामसुन्दर परियार भन्नुहुन्छ, “बाल समूहको अतिरिक्त क्रियाकलापमा बालबालिकालाई बाल पुस्तक वितरणले बालबालिकाको बौद्धिक तथा नेतृत्व क्षमताको विकास हुनेछ ।” हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा बाल समूहको अतिरिक्त क्रियाकलापमा बालबालिकाका लागि साहित्यिक रचना लेखन तथा वाचन, वक्तृत्वकला, वादविवाद, व्यक्तिगत परिचय वाचन प्रतियोगिता हुने गरेको छ ।