सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुर प्रहरीले पेस्तोल र गोलीसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ ५ बजेर ३० मिनेटको समयमा हेटौंडा–४, हुप्रचौरबाट उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्दैछ ।

प्रहरीले उनीहरुको साथबाट २० राउण्ड गोलीसहित सेमी अटोमेटिक पेस्तोल एकथान बरामद गरेको जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार गत सोमबार राती ११ बजेको समयमा हेटौँडा–९, धर्मपथस्थित सूर्यप्रसाद पौडेलको घरमा बन्दुक पड्किएको थियो । मंगलबार बिहान पौडेलको घर नजिकै गोलीका ३ वटा खोका समेत बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।