हेटौंडाः हेटौंडा अस्पतालमा बिहीबार २८ जना बिरामी भर्ना भएका छन् । अस्पतालको विभिन्न विभाग तथा वार्डमा बिहीबार २८ जना बिरामी उपचारका लागि भर्ना भएका हुन् ।
हेटौंडा अस्पतालको जनरल वार्डमा बिहीबार ७ जना भर्ना भएका छन् । जनरल वार्डबाट बिहीबार ३ जना डिस्चार्ज भएको जनरल वार्डकी इन्चार्ज सपना यादवले जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा एकजना महिला र २ जना पुरुष रहेका छन् ।
यादवका अनुसार वार्डमा अहिले धेरै दम, तीव्र ग्यास्ट्रोएन्टेराइटिस र पखालाका बिरामी रहेका छन् । यस्तै, सर्जरी वार्डमा बिहीबार ८ जना भर्ना भएका छन् । भर्ना हुनेमा आठै जना महिला रहेका छन् भने ३ जना पुरुष डिस्चार्ज भएको वार्डकी इन्चार्ज सविना रेग्मीले जानकारी दिनुभयो । रेगमीका अनुसार अहिले वार्डमा धेरै परिशिष्टका बिरामी रहेका छन् ।
अस्पतालको क्याबिनबाट बिहीबार एकजना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा एक जना महिला रहेको क्याबिनकी स्टार्फ नर्स रिमशा पौडेलले बताउनुभयो । अहिले क्याबिनमा स्त्री रोग सम्बन्धी र अर्थोपेडिकका दुई जना बिरामी रहेका छन् ।
अस्पतालको आइसीयुमा ११ जना बिरामी रहेका छन् । आइसीयु विभागमा बिहीबार ६ पुरुष र ५ महिला रहेको विभागका गार्ड मदन प्रजाले बताउनुभयो । पछिल्ला दिनहरुमा अस्पतालमा उपचारका लागि आउने बिरामी बढ्दै गएका छन् । अस्पतालको हरेक विभागमा बिरामीको चाप बढेको छ ।