हेटौँडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरेको छ । मंगलबार इन्द्रसरोवर गाउँपालिकाले ३७ जना स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारले जानकारी दिनुभयो ।
इन्द्रसरोवर गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकाले स्वयम्सेविकालाई पालिकादेखि चारपुसारसम्म ¥यालीमा लगेको थियो । २० औं महिला समुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा पालिकाले स्वयम्सेविका भई १० वर्षभन्दा बढी समय काम गरेका र ६० वर्ष उमेर पुगेका ९ जनालाई विदाई गरेको छ । अधिकारीका अनुसार ९ जना स्वयम्सेविकाले स्वेच्छाले राजीनामा दिएका थिए । गाउँपालिकाले ५ वटा वडाबाट ५ जना स्वयम्सेविकालाई उत्कृष्ट घोषित गरी सम्मान गरेको थियो । सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमाकुमारी लामा र ५ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।