हेटौँडाः हेटौँडा–१० स्थित डा. टोनी हेगन पार्क विकास मञ्चको अध्यक्षमा पुनः ईन्द्रप्रसाद नेपाल चयन हुनुभएको छ । शनिबार सम्पन्न मञ्चको तेश्रो परिषद् बैठक एवम् दोश्रो साधारण सभाबाट नेपालको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरिएको हो ।
मञ्चका अध्यक्ष ईन्द्रप्रसाद नेपालको अध्यक्षता तथा मञ्चका संरक्षक एवम् हेटौँडा उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यमा परिषद् बैठक भएको हो । परिषद् बैठकको उद्घाटन कार्यक्रममा राष्ट्रिय उद्यान महासंघ नेपालका उपाध्यक्ष रघुनाथ खुलाल र हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाको विशेष अतिथ्यता रहेको थियो ।
मञ्चको उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, सचिवमा राम प्रसाद शर्मा, कोषाध्यक्षमा ज्ञानेन्द्र बहादुर कार्की र सहसचिवमा सुरेश लामा ब्लोन चयन हुनुभएको छ । मञ्चको सदस्यमा फुलमाया गुरुङ्ग, मदन कुमार लामा, शर्मिला श्रेष्ठ, रिता कुमारी लामा, हीरा लामा र सोम बहादुर लामा चयन हुनुभएको छ । मञ्चको लेखा समिति संयोजकमा गणेशमान श्रेष्ठ, सदस्यमा शंकर कुँवर, संजय कुमार न्यौपाने रहनुभएको छ भने अनुगमन समितिको संयोजकमा भिम प्रसाद वास्तोला, सदस्यमा श्रीकृष्ण दवाडी र राजकुमार विश्वकर्मा चयन हुनुभएको छ ।