फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरमा रहेको बागमती गाउँपालिकामा भएको निःशुल्क आँखा शिविरमा २ सय ७५ जनाले सेवा लिएका छन् । बागमती गाउँपालिका–८, साततले झुरझुरेमा भएको शिविरमा २ सय ७५ जनाले सेवा प्राप्त गरेको गाउपालिकाको ८ नम्बर वडाध्यक्ष इन्द्रमणि तिमल्सिनाले जानकारी दिनुभयो ।

हेटौंडा सामुदायिक आँखा अस्पताल र अन्नपूर्ण सामुदायिक आँखा अस्पताल बागमतीको आयोजनामा भएको शिविरमा ४० जनामा मोतिविन्दु पहिचान भएको छ । तिमल्सिनाका अनुसार धेरै बिरामी मोतिविन्दु पहिचान गर्न आएका थिए ।

शिविरमा पहिचान भएका ४० जना मोतिविन्दु बिरामीको १६ गते अन्नपूर्ण सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने तिमल्सिनाले बताउनुभयो । तिमल्सिनाका अनुसार बिरामीलाई ५ जना डाक्टरले जाँच गरेका थिए भने १० जनाको सहयोगी टोली रहेको थियो ।