हेटौँडाः हेटौँडा–८ स्थित कालिकामाई टोल विकास संस्थाको १९ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार बिहान भएको साधारणसभाबाट रामप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा शंकर सुवेदी, सचिवमा अर्चना कार्की, कोषध्यक्षमा मोनिका खडका र सह सचिवमा सजिता केसि चयन भएका छन् । यस्तै सदस्यहरुमा भरत श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ, अम्बिका दवाडी, नानु पण्डित, ज्ञान बहादुर बानियाँ, सरिता पाख्रिन चयन भएका छन् ।











