Home कला गोविन्द गिरी ‘प्रेरणा’को एक कविता वाचन

गोविन्द गिरी ‘प्रेरणा’को एक कविता वाचन

कविता वाचन गर्नुहुँदै गोविन्द गिरी 'प्रेरणा'।

हेटौँडाः साहित्य संगम मकवानपुरको आयोजनामा हटौँडामा गोविन्द गिरी प्रेरणाको एक कविता वाचन कार्यक्रम भएको छ । बिहीबार साहित्य संगम मकवानपुरको सभाहलमा गिरीले देश बाहिर रहँदा लेखिएका १० वटा कविता वाचन गर्नुभयो । उहाँले विदेश पलायन, चिठी किन आएन ?, क्यारोलिना, गान्तोक, मिरवए नदि, भौतारिएको छु, छुटिएको रेल, आमा र फिर्ती टिकट शीर्षकका कविता वाचन गर्नुभयो ।

मकवानपुरको सिस्नेरीमा जन्मनुभएका गिरी हाल अमेरिकामा बसोबास गर्नुहुन्छ । चार दशकदेखि साहित्य सिर्जनामा सक्रिय गिरीका कविता संग्रह र उपन्यास प्रकाशन भइसकेको छ । साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version