हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार अनुगमनको क्रममा म्याद नाघेका सामान फेला पारी नष्ट गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ३ लाख ५ हजार रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिनुभयो ।
चार्डपर्व लागेसँगै सम्बन्धित निकायले सर्वसाधारण मारमा नपरुन्, उपभोक्ताले गुणस्तरीय सामान प्राप्त गरुन् भनेर बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चापागाईले बताउनुभयो । पसल अनुगमन क्रमममा म्याद गुज्रिएका, बिलबिजक नभएका समान बरामद गरिएको र ७ वटा पसलबाट १ लाख ५० हजार बराबर जरिवानासमेत गरिएको उहाँले बताउनुभयो ।
चाडपर्व लक्षित गरी जिल्ला प्रशासन कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको सहभागितामा अनुगमन भएको चापागाईले जनाकारी दिनुभयो ।