Home मुख्य समाचार हेटौंडा उपमहानगरका सबै विद्यालयलाई प्राथमिक उपचार सामग्री

हेटौंडा उपमहानगरका सबै विद्यालयलाई प्राथमिक उपचार सामग्री

हेटौंडा उपमहानगरपालिकाको शिक्षा शाखाकी अधिकृत सरस्वती कोइराला हेटौंडा–१७, हटियास्थित बालबोध माविका प्रधानाध्यापक रमेश रिजाललाई प्राथमिक उपचार सामग्रीसहितको बाकस हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका सवै सामुदायिक विद्यालयका लागि प्राथमिक उपचार सामग्री वितरण गरेको छ । चालु आर्थिक वर्षको नियमित कार्यक्रमअन्तर्गत विद्यालयलाई प्राथमिक उपचार सामग्री वितरण गर्न सुरु गरेको हो । हेटौंडा उपमहानगरक्षेत्रका ७७ वटै विद्यालयलाई आजबाट प्राथमिक उपचार वाकस वितरण गर्न सुरु गरेको हो ।

प्राथमिक उपचारका लागि आवश्यक औषधीसहितको बाकस विद्यालय प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालयका प्रधानाध्यापकलाई बोलाएर आजैबाट प्राथमिक उपचार सामग्री वितरण गरेको हो । हेटौंडा उपमहानगरक्षेत्रमा २९ वटा माध्यमिक तह र ४८ वटा आधारभूत विद्यालय रहेका छन् । हेटौंडा उपमहानगरपालिकाले नगरका सबै विद्यालयमा सेनिटरी प्याड समेत वितरण गर्ने कार्यक्रम राखेको छ ।

Exit mobile version