Home मुख्य समाचार रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै हेटौंडामा हस्ताक्षर संकलन सुरु

रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै हेटौंडामा हस्ताक्षर संकलन सुरु

रुकुम पश्चिमको घटनामा दोषीलाई कारवाहीको माग गर्दै हेटौंडाको बुद्धचोकमा प्रदर्शन गर्दै अधिकारवादीहरु ।

हेटौंडाः रुकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै हेटौंडामा हस्ताक्षर संकलन सुरु गरिएको छ । आज बिहान हेटौंडा बजारको मुख्यचोक बुद्धचोकमा एक समूहले प्रदर्शन गर्दै हस्ताक्षर संकलन सुरु गरेको हो । आजदेखि सुरु भएको बुद्धचोकमा हस्ताक्षर संकलन अभियान जेठ २९ गतेसम्म चल्नेछ । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म हस्ताक्षर संकलन गरिनेछ ।

हस्ताक्षर संकलन अभियानमा मकवानपुरका अधिकारवादी संघ, संस्था, राजनीतिकर्मी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । यसअघि मकवानपुरका दलित अधिकारवादी संघ, संस्थाको सहभागिता रहेको दलित सञ्जाल मकवानपुरले धर्ना, प्रदर्शन तथा प्रमुख जिल्ला अधिकारी तथा मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य समेत गरेका थिए । रुकुम पश्चिमको चौरजहारीमा दलित केटाले गैरदलित केटीसँग भागी बिवाह गर्न खोज्दा स्थानीयले दलित केटासहित ६ जनाको हत्या गरेका थिए ।

Exit mobile version