हेटौंडाः मंगलबार मकवानपुरमा ७ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरण अनुसार ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु पुष्टि भएका ७ जना मध्ये ४ जना हेटौंडा उपमहानगरपालिकाका बासिन्दा रहेका छन् । यस्तै, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकामा १–१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
साउन यता मकवानपुरमा ७ सय ४० जनामा डेंगु भएको छ । जस्मा ५ सय ८ जना हेटौंडा उपमहानगरपालिकाबाट रहेका छन् । यस्तै, हालसम्म थाहा नगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २० जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६७ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३७ जना, बकैया गाउँपालिकाका २५ जना र राक्सिराङ गाउँपालिकाका २ जनामा डेंगु पुष्टि भएको हो ।