हेटौंडाः आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि नेपालले ओमानसँग अहिले बिहान ११ बजे खेल्दैछ । टस जितेर नेपालले व्याटिङ रोजेको छ ।
शुक्रबार सेमिफाइनलमा यूएईलाई हराउँदै १० वर्षपछि विश्वकपमा छनोट भएको नेपालले छनोट प्रतियोगिताको उपाधिका लागि ओमानसँग खेल्न लागेको हो । त्रिभुवन विश्वविद्यालयको खेलमैदान कीर्तिपुरमा हुने नेपाल र ओमानबीचको फाइलन खेलमा दुवै टोली जित निकाल्ने योजनासहित मैदानमा उत्रनेछ ।
शुक्रबार नै भएको अर्को सेमिफाइनलमा बहराइनलाई ओमानले १० विकेटले हराउँदै विश्वकपमा छनोट हुँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । नेपाल समुह चरणमा खेलमा ओमानसँग पराजित भएको थियो । नेपाललाई अब समूह चरणमा ब्यहोरेको हारको बदला फाइनलमा लिने अवसर प्राप्त छ ।
