हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते भएका छन् ।
शनिबार दिनको ४ बजेर ५० मिनेटको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको भे ८ प ६७८५ नम्बरको मोटरसाइकलले पैदलयात्री मनहरी–९, ज्यामिरेका ५ वर्षीय रुप पुरीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट पुरीको टाउकोमा चोट लागेको र मध्यम घाईते भएको प्रहरीले जनाएको छ ।
घाइते बालकलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा शनिबार साँझ भरतपुर रेफर गरिएको थियो । घाइते बालकको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बालकलाई ठक्कर दिएर फरार रहेको मोटरसाइकल र चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
