सांकेतिक तस्विर ।

हेटौँडाः हेटौँडा–१९, बस्तीपुरबाट प्रहरीले लागुऔषध कारोबारी पक्राउ गरेको छ । शनिबार राती १० बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा डेरा गरी बस्ने २१ वर्षीय सन्तेन लामाको कोठाबाट प्रहरीले लागुऔषध बरामद गरेको हो ।

प्रहरी चौकी लेवटबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण बिकको कमाण्डमा खटिएको टोलीले लामाको कोठाबाट लागुऔषध स्टेगन ४७ पत्ता १७ ट्याब्लेट (४८७ ट्याब्लेट), ट्रामाडोल १४ पत्ता २ ट्याब्लेट (१४२ ट्याब्लेट) सहित नगद १५ हजार दुई सय रुपैयाँ र थान एक मोवाईल बरामद गरेको जनाएको छ । बरामद लागुऔषसहित प्रहरीले लामालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।