सांकेतिक तस्वीर ।

हेटौँडाः लागुऔषध खैरो हिरोइनहित दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चोकपोष्टबाट प्रहरीले लागुऔषध खैरो हिरोइन ८ ग्रामसहित चितवन जिल्लाको भरतपुर महानगरपालिका–१२, नौरंगेका ३३ वर्षीय विशाल दराई र भरतपुर महानगरपालिका–९ का २३ वर्षीय अमृत दूरालाई नियन्त्रणमा लिएको जनाएको छ ।

बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख १७२६ नम्बरको यात्रुबाहक बसमा सुरक्षाजाँच गर्ने क्रममा दराई र दूरालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हिरसातमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।