हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा पालिकास्तरीय आधारभुत तह हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको छ । शुक्रबार पालिकाका सामाजिक विकास संयोजक कमान सिंह पाख्रिनको सभाध्यक्ष तथा पालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा बागमती–६ स्थित जनहित आधारभूत विद्यालय प्रथम भएको पालिकाका शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिनुभयो । यस्तै बागमती–८ स्थित जनता मावि द्वितीय र बामगती–४ स्थित पञ्चकन्या आवि तृतीय भएको छ । यस्तै ६ नम्बर वडास्थित सीता आवि र ८ नम्बर वडास्थित वनदेवी आधारभूत विद्यालय सान्त्वना भएको छ ।
प्रथम हुने समुहमा जनहित आविका शिखर विक, युमी सिन्तान र लजिमा लामिछाने रहेका छन् । यस्तै द्वितीय हुने समुहमा गगनदेव घिमिरे, सोनी घलान र पूर्णबहादुर थोकर रहेका छन् । यस्तै तृतीय हुनेमा समुहमा रस्मिला माझी, अप्सरा विक र विकास मोक्तान रहेका छन् यस्तै सान्त्वना हुने वनदेवीको समुहमा रविन सिन्तान, दावा भोलन र समिता पाख्रिन र सीता आविका पूर्णिमा दर्लामी, स्वर्णिमा पुलामी र अनुराधा श्रेष्ठ रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने समुहलाई ७ हजार ५ सय रुपैयाँसहित शिल्ड, मेडल र २ स्टेशनरी प्रदान गरिएको छ । यस्तै द्वितीय हुने समुहलाई ५ हजार ५ सय रुपैयाँ, तृतीय हुने समुहलाई ४ हजार रुपैयाँसहित शिल्ड, मेडल र स्टेशनरी वितरण गरिएको छ । यस्तै सान्त्वना पुरस्कार दुई विद्यालयलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।











