हेटौंडाः नक्कली पेस्तोल देखाएर धम्क्याउने गरेको आरोपमा एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१५, शिखरपानीका १९ वर्षीय साजन स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताउनुभयो ।
स्याङतानले सोही क्षेत्रमा प्लाष्टिकको नक्कली पेस्तोल देखाएर धम्काउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटेर उनलाई नक्कली पेस्तोलसहित पक्राउ गरेको हो । स्याङ्तानलाई नियन्त्रणमा लिएर बिहिबारदेखि लागु हुने गरी ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको जनाएको छ ।











