हेटौंडाः दशैँ सकिएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवाग्राहीको भिड बढेको छ । कार्तिक ४ गतेदेखि बन्द भएको कार्यालय कार्तिक १० गतेबाट खुलेको थियो । दशैंअघि कार्तिक गतेदेखि ३ गतेसम्ममा नागरिकताको प्रतिलिपि लिनेको संख्या ३६ जना, नयाँ नागरिकता लिनेको संख्या २६ जना, राहदानी लिनेको संख्या १ सय ५३ जना, राष्ट्रिय परिचयपत्र लिनेको संख्या ११३ जना र नाबालक परिचय–पत्र लिनेको संख्या ४ जना रहेको छ ।
यस्तै दशैंपछि कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र विभागमा मानिसको भिडभाड बढेको छ । दशैँपछि नागरिकताको प्रतिलिपि लिनेको संख्या २ सय २५ जना, नयाँ नागरिकता लिनेको संख्या ४ सय ७ जना, राहदानी लिनेको संख्या २ सय ७१ जना, राष्ट्रिय परिचयपत्र लिनेको संख्या ४ सय ९५ जना र नाबालक राष्ट्रिय परिचय–पत्र लिनेको संख्या २१ जना रहेको छ ।
दशैँ अघिको तुलनामा दशैँपछि जिल्ला प्रशासन कार्यालयमा भिडभाड बढेको छ । जसले गर्दा राष्ट्रिय परिचय–पत्र बनाउनका लागि २ बजे भन्दा पछि आएका मानिसलाई समय छैन भनेर कर्मचारीले फर्काएका थिए । राष्ट्रिय परिचय–पत्र वितरण र नयाँ बनाउने कार्य भइरहेको छ । कार्तिकमा ९ दिनको अवधिमा नाबालक राष्ट्रिय परिचय–पत्र लिनेको संख्या २५ जना पुगेको छ, जहाँ नाबालकहरु आफ्ना अभिभावकसँग बैदेशिक भ्रमण जानका लागि राहदानी लिने गरेका छन् ।











