गोविन्द लम्साल ।

हेटौँडाः नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साललाई नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

गत पुसमा संसदीय दलको नेता लामाले निर्वाचित भएसँगै दोलखाबाट निर्वाचित सांसद कुन्दनराज काफ्लेलाई दलको प्रमुख सचेतक नियुक्त गर्नु भएको थियो । कांग्रेस सांसद काफ्लेले गत भदौ १८ मा सचेतक पदबाट राजीनामा दिनुभएको थियो । काफ्लेको राजीनामा पछि सो पद रिक्त अवस्थामा रहेको थियो । नेता लामाले काफ्लेको राजीनामा स्वीकृत गर्दै सोही पदमा लम्साललाई नियुक्त गर्नु भएको हो । लम्साल २०७९ मङ्सिरमा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।