Home मुख्य समाचार लाठि प्रहार गर्ने मनहरीका वृद्ध पक्राउ

लाठि प्रहार गर्ने मनहरीका वृद्ध पक्राउ

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–६, चौकिटोलमा लाठि प्रहार गर्ने ७४ वर्षीय तोक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा सामान्य विवादका कारण वृद्धले प्रहार गर्दा ५४ वर्षीय सुर्य बहादुर तामाङ घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिाएको छ ।

वृद्धले लाठि प्रहार गर्दा सुर्य बहादुरको टाउको र बाँया हातमा चोट लागि मध्यम घाइते भएका थिए । घाइते सुर्य बहादुरको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version