Home मुख्य समाचार राप्ती खोलाले बगाएर बोटेको मृत्यु

राप्ती खोलाले बगाएर बोटेको मृत्यु

साङ्केतिक तस्विर

हेटौंडाः चितवनको भरतपुर महानगरपालिका–२२, बोटेटोल स्थित राप्ती खोलाले बगाई बेपत्ता भएका एक जना पुरुष मृत फेला परेका छन । मृत फेला पर्नेमा सोहि स्थान बस्ने ३८ वर्षीय राजन बोटे रहेको प्रदेश प्रहरीकार्यालय हेटौंडाले जाकारी दिएको छ ।

बोटे बिहीबार बिहान १० बजेर ३० मिनेटको समयमा राप्ती खोलामा नुहाउने क्रममा नदिले बगाई बेपत्ता भएका थिए । बोटेको शव घटना स्थलबाट १५ मिटर तल राप्ती नदिमा फेला परेका प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Exit mobile version