Home मुख्य समाचार सवारी साधनमा टाइम कार्ड लागू

सवारी साधनमा टाइम कार्ड लागू

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारी साधनमा लागू गरेका टाइम कार्

हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चाड–पर्वलक्षित गरी मंगलबारबाट टाइम कार्ड लागू गरेको ट्राफिक प्रहरीले जारी गरेको सूचनामा जनाइएको हो ।

चुरियामाई– हेटौंडा बसपार्क, मनहरी हुँदै चितवन जाने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा अनिवार्यरुपमा टाइम कार्ड लागू भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा टाइम कार्ड लागू गरिएको हो ।

सो रुटमा चल्ने यात्रुवाहक सवारी साधनलहरुले अनिवार्य टाइम कार्ड लिनुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ । टाइम कार्ड नलिई सवारी चलाएमा यातायात व्यवस्था ऐन, नियमबमोजिम कारवाही हुनेसमेत प्रहरीले जनाएको छ ।

Exit mobile version