हेटौँडाः हेटौँडामा जारी २१ औँ स्व. लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुल्ला रनिङ शिल्ड भलिबल प्रतियोगितामा हेटौँडा–११ को छहारी युवा क्लब फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा आग्रा स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै छहारी फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट २५–१७ ले गुमाएको आग्राले दोस्रो सेटमा २०–२५ ले पुनरागमन गरेको थियो । तर, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१६ ले गुमाएपछि आग्राको उपाधि होड अन्त्य भएको हो । छहारीले उपाधिका लागि शनिबार दिउँसो प्रतिस्पर्धा गर्नुपर्नेछ । दोस्रो सेमीफाइनल खेलमा थाहा नगर र नारायणी कलेज भिडिरहेको छ ।
प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधी विजेता टिमले ६० हजार रुपैयाँ र उपविजेता टिमले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि मायाको चिनो र प्रमाण–पत्रको व्यवस्था गरिएको छ ।











