Home खेलकुद टि–२० क्रिकेटः रेड सोइल ४ विकेटले विजयी

टि–२० क्रिकेटः रेड सोइल ४ विकेटले विजयी

म्यान अफ द म्याच शुभ कंशाकारलाई डमी चेक हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका कप टि–२० क्रिकेट प्रतियोेगिताअन्तर्गत शुक्रबार भएको खेलमा रेड सोइल क्रिकेट क्लब विजयी भएको छ । रेड सोइलले ओमनगर क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको ओमनगरले १२ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ५ रन जोडेको थियो । ओमनगरका लागि पियुस शर्माले २२ रन र ज्ञानेश सिंहले १७ रनको योगदान गरे । राम्रो रनरेट भए पनि सबै विकेट गुमाउँदा ओमनगर सस्तैमा समेटिन पुगेको हो । १ सय ६ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको रेड सोइलले १८ ओभर ४ बलमा ६ विकेटको क्षतिमा जित हाल पार्यो । रेड सोइलका लागि शुभ कंशाकारले अविजित रहँदै ७५ रनको योगदान गरे । म्यान अफ द म्याच रेड सोइलका शुभ कंशाकार घोषित भए ।

मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौँडामा उपमहानगरपालिकाको सहयोगमा जारी टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार बिहानको खेल भने स्थगित भएको छ । वर्षाका कारण मैदान ओशिलो र पानी जमेका कारण नवजीवन ज्योति क्लब र नारायणी कलेजबीच हुने भनिएको खेल स्थगित गरिएको मकवानपुर जिल्ला क्रिकेट संघले जनाएको छ । ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधी विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Exit mobile version