फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा जारी २१ औं लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगितामा छहारी युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो भएको दोस्रो क्वार्टरफाइनल खेलमा जेसीआई बसामाडीलाई २५–१४, २५–२१ को सोझो सेटमा पराजित गर्दै छहारी सेमीफाइनल प्रवेश गरेको हो ।

छहारी समूह ख को विजेता टोली हो भने मकवानपुरगढी समूह घ को उपविजेता टोली हो । यसअघि शुक्रबार दिउँसो भएको पहिलो क्वार्टरफाइनल खेलमा आग्रा स्पोर्टस् क्बल सेमीफाइनलमा प्रवेश गरेको थियो । शुक्रबार दिउँसो भएको पहिलो खेलमा दुम्सीडाँडालाई २५–१७, २५–२१ को सोझो सेटमा पराजित गर्दै आग्रा सेमीफाइनल प्रवेश गरेको हो । समूह क बाट विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको आग्राले समूह ग को उपविजेता दुम्सीडाँडालाई सहजै पराजित गरेको हो ।

सेमीफाइनलमा छहारी युवा क्लब र आग्रा युवा क्लबबीच शनिबार बिहान खेल हुनेछ । आजै क्वार्टरफाइनल चरणका बाँकी दुई खेल हुनेछ । भोलि शनिबार बिहान सेमीफाइनल चरणका खेल तथा भोलि शनिबार दिउँसो फाइनल खेल हुनेछ ।