Home अर्थ/व्यापार संयुक्त अनुगमन टोलीद्वारा म्याद गुज्रेका समान नष्ट

संयुक्त अनुगमन टोलीद्वारा म्याद गुज्रेका समान नष्ट

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले बिहिबार जारी गरेको प्रेस विज्ञप्ति ।

हेटौंडाः अनुगमनको क्रममा ३ वटा पसलका भेटिएका म्याद गुज्रेका समान नष्ट गरिएको छ । बिहिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय संयोजनमा, जिल्ला प्रशासन कार्यालय, हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, अस्थायी प्रहरी पोस्ट, उद्योग वाणिज्य संघ मकवानपुर, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुर र उपभोक्ता मञ्च मकवानपुरको सहकार्यमा भएको अनुगमनमा हेटौंडा उपमहानगरपालिका ६, ७ र ८ नम्बर वडाका ६ वटा पसलको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा न्यु स्वागत होटल, श्री दुर्गा खाद्यान भण्डार, र मैतिदेवि किराना पसलबाट म्याद गुज्रेका सामान जफत गरी नष्ट गरेको हो । स्वागत होटलबाट वियर ४१ बोतल, जुस ३ बोतल, काजु ५ प्याकेट, माउन्टेन डिउ ९ बोतल, दुर्गा खाद्यान भण्डारबाट ग्लुकोज, विस्कुट, मसला, दालमोठ, स्न्याक्स गरी १५ हजार बराबरको सामान र मैतिदेवि किराना पसलबाट कुरकुरे १६ प्याकेट र आलुचिप्स ८ प्याकेट जफत गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । चाडवाड लागेसँगै अनुगमनको टोलीले खाद्य पदार्थको अनुगमनमा सक्रिय बनेको छ । खाद्य पदार्थ एवम् कच्चा पदार्थको स्वच्छता कायम गर्ने उद्देश्यले खाद्य प्रविधिको टोलि अनुगमनमा लागेको हो ।

Exit mobile version