Home अर्थ/व्यापार औषधी व्यवसायी सम्मानित

औषधी व्यवसायी सम्मानित

औषधी व्यवसायी संघको केन्द्रीय समितिक पदाधिकारीलाई सम्मान गर्नुहुँदै औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठ ।

हेटौँडाः औषधी व्यवसायी संघ मकवानपुरले हालै निर्वाचित औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्षलाई सम्मान गरेको छ । वडा दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाश खण्डेवाल, केन्द्रीय सदस्य शरला विष्ट, कोपिला जोशी र बद्रि खनाललाई सम्मान गरेको हो ।

हेटौँडामा बुधबार एक कार्यक्रमका बीच केन्द्रीय अध्यक्ष र सदस्यहरुलाई सम्मान गरिएको हो । औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दाहाल, संघका बागमती प्रदेश अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, उपाध्यक्ष शिव पण्डित, मधेश प्रदेशका महासचिव पप्पु झा, बागमती प्रदेश समिति सदस्य विनोद लामिछाने, चितवन जिल्ला अध्यक्ष विनोद तिमल्सिना, पर्सा जिल्ला अध्यक्ष साजुदिन अन्सारीको पनि आतिथ्य रहेको थियो । हेटौँडा बजारबाट मोटरसाइकल ¥यालीसहित हेटौँडा–११ स्थित होटल स्मारक पुगेर शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

Exit mobile version