Home मुख्य समाचार बालजागृतिमा विद्यार्थीको नृत्यकला प्रदर्शन

बालजागृतिमा विद्यार्थीको नृत्यकला प्रदर्शन

आफ्ना बाबुनानीको नृत्यको भिडियो बनाउँदै अभिभावक ।

हेटौँडाः नेपाली समाजको प्रमुख पर्व वडा दसैंअघि विद्यालयमा विद्यार्थीको कला प्रदर्शनीलाई विशेष बनाउने प्रचलन बढ्दो छ । विद्यालयले विद्यार्थीका नृत्य, गायन, नाट्य कला तथा वाक् कलालाई प्रोत्साहन गर्न, विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासमा प्रोत्साहन गर्ने क्रम बढेको छ । यसै क्रममा बुधबार हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले पूर्वप्राथमिक तहका विद्यार्थीको नृत्य कला प्रस्तुत गरेको छ ।

अभिभावकको उपस्थितिमा ३ सय विद्यार्थीले नृत्य कला प्रस्तुत गरे । विद्यार्थीले एकल तथा सामूहिक नृत्य गरेका थिए । कार्यक्रमलाई विद्यार्थीले नै सञ्चालन गरेका थिए । आफ्ना बालबालिकाका कला हेर्न विद्यालय आएका अभिभावकले चासोका साथ हेरेका थिए । विद्यार्थीलाई वर्षकै प्रमुख पर्वअघि मनोरञ्जन प्रदान गर्न र कला प्रस्तुत गर्ने अवसर प्रदान गरिएको विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, वडा सदस्य ईन्द्र रिजालको उपस्थिति रहेको कार्यक्रममा जमराको प्रदर्शनी गरिएको थियो ।

Exit mobile version