प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउनुहुँदै निर्माण व्यवसायी संघ मकवानपुरका अध्इक्ष श्यामसुन्दर ढकाल ।

हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरले लकडाउनको समयमा पनि सिमेन्ट, फलाम र ढुवानी भाडा बढाइएकोमा ध्यानाकर्षण भएको जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष श्यामसुन्दर ढकालले कोरोना महामारीको समयमा पनि जोखिम मोलेर आफुहरुले निर्माणको काम गरेको भएपनि लकडाउनको अवधिमा नै निर्माण सामग्री तथा ढुवानीमा डेढ गुणा मुल्य बृद्धि हुँदा निर्माण व्यवसायी मारमा परेको बताउनुभयो ।

सिमेन्टमा प्रतिबोरा ८० देखि १२० रुपैयाँ, छडमा प्रतिकिलो १० देखि १५ रुपैयाँ र ढुवानी भाडामा समेत भाडा बृद्धि भएको हुँदा सरकारले यो विषयलाई गम्भिररुपले बुझनुपर्ने उहाँले बताउनुभयो । पेट्रोलियम पदार्थको मुल्यमा गिरावट आउँदा समेत ढुवानी भाडा बृढ्नु असान्दर्भिक भएको भन्दै संघले बढेको मुल्य तत्काल फिर्ता गर्न माग गरेको छ ।