गुगल तस्विर ।

हेटौँडाः हेटौँडा–१०, कर्रामा क्रेनले किचेर क्रेनका सहचालकको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा सहचालक पर्सा जिल्लाको बीरगन्ज–३० का २८ वर्षीय सान बाबु पासवानलाई किचेको प्रहरीले जनाएको छ ।

क्रेनले किचेर गम्भीर घाइते भएका पासवानलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । उपचारको क्रममा मंगलबार दिउँसो २ बजेर ४० मिनेटको समयमा पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।