सांकेतिक तस्वीर ।

हेटौंडाः रसुवाको आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा आईचर गाडि दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । मृत्यु हुनोमा आमाछोदिङ्मो गाउँपालिका–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

सोमबार साँझ ५ बजेर ४२ मिनेटको समयमा भित्र कच्ची सडक खण्ड (नेसिङ–ग्रे गाउँ) मा नेसिङबाट आलु लोड गरी ग्रे गाउँतर्फ जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आईचर गाडि अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खस्दा दुर्घटना भएको हो । तीनै जनाको शव पोष्टमार्टमका लागि धुन्चेस्थित जिल्ला अस्पताल लगिएको र घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।