हेटौँडाः मकवानपुर प्रहरीले हेटौंडा–१० बसपार्कबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–७ का ३२ बर्षीय रञ्जित चौरसिया रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार राति ११ बजेको समयमा बसपार्क क्षेत्रमा पैदल हिँडिरहेका चौरसियालाई शंका लागेर सुरक्षाजाँच गर्दा उनको साथबाट लागुऔषध नाईट्राभेट ३९ वटा फेला परेको पारेको थियो । लागुऔषधसहित चौरसियालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











