हेटौँडाः मोटरसाइकलको ठक्करबाट हेटौँडा–१७, हटियाका ५० वर्षीय धर्मराज पौडेलको मृत्यु भएको छ । आइतबार साँझ ५ बजेको समयमा हेटौँडा–सिन्धुली सडकखण्डअन्तर्गत हेटौँडा–१७, सानोगंगटेमा हेटौँडाबाट हात्तीसुडेतर्फ जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार पौडेल गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते पौडेलको चितवन मेडिकल कलेजमा सोमबार बिहान ९ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पौडेललाई ठक्कर दिने मोटरसाइकल र चालक बकैया गाउँपालिका–१२, घलेगाउँका ३१ वर्षीय बलराम घलेलाई नियन्त्रणमा लिएको जानकारी गराएको छ ।











