गुगल फोटो ।

हेटौँडाः मकवानपुर प्रहरीले हेटौँडा–१४ कालिका खोल्साबाट ६० किलो लागुऔषध गाँजा सहित ८ जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा मंगलबार बिहान ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकि रातोमाटेबाट खटिएको टोलिले खोल्सामा गई हेर्दा लागुऔषध गाँजा ६० किलो फेला पारेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीले लागुऔषध गाँजासहित रौतहटको चपुर नगरपालिका–६ घर भई हाल हेटौँडा–१ चौकीटोलका ३३ वर्षीय धन बहादुर विक र मनहरी गाउँपालिका–१ का ४० वर्षीय अवतार सिंह डिमडुङलाई पक्राउ गरेको थियो । लागुऔषध गाँजा संलग्न रहेको संकामा ईलाका प्रहरी कायालय पशुपतिनगरबाट खटिएको प्रहरी निरक्षक दिनेश कुबँरको टोलिले पर्साको परवानीपुर गाउँपालिका–४ केडीया आंखा अस्पताल अगाडिबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा विरगंजका २५ वर्षीय सदाम हुसेन, २२ वर्षीय मुकेश कुमार पासवान, २७ वर्षीय मन्दिप कुमार यादव, पर्साको बौदरमाई नगरपालिका–४ का २२ वर्षीय बिनय यादव, २८ वर्षीय विकास कुमार यादव र बाराको परवानिपुर गाउँपालिका–३ का २० वर्षीय तौसिफ आलम रहेको प्रहरीले जनाएको छ । लागुऔषध गाँजासहित ८ जनालाई नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको प्रहरीले जनाएको छ ।