फाइल तस्वीर ।

हेटौंडाः कक्षा १२ को ग्रेडवृद्धि मौका परीक्षाको पहिलो दिन मंगलबार मकवानपुरका १ सय ३९ विद्यार्थी अनुपस्थित भएका छन् । अंग्रेजी र साना कोड भएका विषयको परीक्षा दिन मकवानपुरका १ हजार ९ सय ४ जना विद्यार्थीहरुले आवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयका अधिकृत जयप्रकाश प्रसाद कुसुवाहले जानकारी दिनुभयो ।

मकवानपुरका विद्यार्थीहरुका लागि चार वटा केन्द्रमा परीक्षा भएको हो । मगंलबारको परीक्षामा १ हजार ७ सय ६८ विद्यार्थीले परीक्षा दिएका छन् । मौका परीक्षा दिन १ हजार ९ सय ४१ विद्यार्थीले आवेदन दिएका छन् ।