हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–९, तेन्चुराङ्मा प्रहरीले गाँजाखेती फँडानी गरेको छ । गत शुक्रबार खटिएको प्रहरी टोलीले आइतबार तेन्चुराङ् क्षेत्रमा अन्दाजी ४ विगाहा क्षेत्रफलमा लगाइएको लागुऔषध गाँजा खेती फँडानी गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
प्रहरीले हरेक वर्ष गाँजा फँडानी गरे पनि मकवानपुरको राक्सिराङ, कैलाश गाउँपालिकामा लागुऔषध गाँजा, अफिमको खेती न्यूनीकरण हुन सकेको छैन । प्रहरीले हरेक वर्ष ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्ने गरेको छ भने गाँजाका भरियालाई पनि पक्राउ गर्ने गरेको छ ।











