हेटौंडाः हेटौंडा–४ स्थित सीता कम्प्लेक्समा डिलक्स युनिसेक्स सैलुन सञ्चालनमा आएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै ६० लाख रुपैयाँ लगानी गरेर सैलुन सञ्चालनमा ल्याएको सैलुनका संस्थापक राजेशले जानकारी दिनुभयो ।
मुनाफाभन्दा पनि आफ्ना ग्राहकहरुलाई स्तरीय र भरपर्दो सेवा सुविधा दिने उद्देश्यले सैलुन सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । एउटा व्यक्तिबाट अर्को व्यक्तिमा किटाणुहरु संक्रमण नहोस् भन्ने कुरालाई मध्यनजर गर्दै प्रविधियुक्त सामग्रीहरुको प्रयोग गर्ने उहाँले बताउनुभयो ।
हेटौंडा एउटा स्तरीय बजारको रुपमा विकास हुँदै गएकाले स्तरीय सैलुनको आवश्यकता रहेको उहाँको भनाइ छ । मानिसको पहिचान उसको व्यक्तित्वमा निर्भर गर्ने र आफ्नो व्यवसायले व्यक्तित्व राम्रो देखाउन सहयोग पुग्ने भएर सैलुन सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । ग्राहकलाई नयाँ ढंगबाट छुट्टै तरिकाले सस्तोमा सेवा सुविधा दिने उद्देश्यले सैलुन सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । सैलुनमा हाल १२ जना कर्मचारीहरुले रोजगारी पाएका छन् ।