हेटौँडाः विभिन्न घटनामा एकै दिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ, रामेछाप, सिन्धुली र चितवनमा ४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । धादिङको निलकण्ठ नगरपालिका–१०, का ६१ वर्षीय यम बहादुर खनाल मृत फेला परेका छन ।
खनाल बुधबार दिउँसो ४ बजेको समयमा कसैलाई नसोधी घरबाट निस्केकोमा आफन्तले खोजतलास गर्दा राति १० बजेको समयमा ज्यामरुङ कालीमाटि नदिमा मृत फेला परेको प्रहरीले जनाएको छ । यस्तै, रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ सुर्केमा ७२ वर्षीय होम बहादुर खड्का मृत फेला परेका छन । खड्का बुधबार दिउँसो गोठमा जान्छु भनि निस्केकोमा घर नफर्कीएकोले खोजतलास गर्दा गोठ नजिकै मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाहीमा विषालु सर्पको डसाइबाट ६५ वर्षीया जानुकी माझीको मृत्यु भएको छ । माझीलाई बुधबार बेलुकी घरमै विषालु सर्पले डसेपछि घाइते भएकि थिइन । घाइते माझीलाई उपचारका लागि दुधौली सर्पदशं अस्पताल पु¥याउँदा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।
यस्तै, चितवनको भरतपुर महानगरपालिका–२९, सत्रकिलोमा माईक्रोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ रानीवन का २४ वर्षीय सकावाङ अलि रहेको प्रहरीले जनाएको छ । बुधबार मुग्लिङबाट नारायणगढ आउदै गरेको बा २ ख १९०१ नम्बरको माईक्रोले विपरित दिशाबाट जादै गरेको बा ३८ प ७६३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि अलि गम्भिर घाईते भएका थिए । उपचारको लागि नयाँ मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा अलिको मृत्यु भएको प्रहरीले जनाएको छ ।