गुगल फोटो ।

हेटौंडाः मकवानपुर प्रहरीले लागू औषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको मधुवन गाउँपालिका–२, बस्ने ४० वर्षीया सलामा खातुन र हेटौंडा उपमहानगरपालिका–१५ बस्ने ३२ वर्षीय सामुएल प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मंगलबार राति ९ बजेको समयमा हेटौंडा–११, थानाभर्याङ स्थित पुर्व–पश्चिम सडक खण्डमा मनहरी तर्फबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १५८६ र सोही दिशाबाट आउदै गरेको ग ७ ख २२४० नम्बरको यात्रुबाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार रहेका खातुन र प्रजाको साथबाट प्रहरीले गाँजा फेला पारेको हो । प्रहरीले खातुनको साथबाट ३ किलो १ सय ग्राम र प्रजाको साथबाट ७ किलो २ सय ५० ग्राम लागुऔषध गाँजा बरामद गरेको हो । प्रजा र खातुनलाई नियन्त्रणमा लिई बस गन्तब्य तर्फ पठाएको प्रहरीले जनाएको छ ।