सांकेतिक तस्विर ।

हेटौंडाः मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा बकैया गाउँपालिका–१२, टरबासकी ६८ वर्षीया ठुलिमाया न्यासुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बुधबार ९ बजेर ४५ मिनेटको समयमा बकैया–१२, खोरभन्ज्याङ स्थित जितपुरभन्ज्याङबाट चपकि खानी जाने भित्रि कच्चि सडक खण्डमा ना ५१ प ५०४१ नम्बरको मोटारसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाइकल चालक टरबास बस्ने ३२ वर्षीय राजकुमार न्यासुर सामान्य घाइते भएका थिए भने मोटरसाइकलमा पछाडि सवार न्यासुरकी आमा ठुलिमाया गम्भिर घाईते भएकी थिइन । घाइते दुबैलाई उपचारको लागि हटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा डाक्टरले ११ बजेर १० मिनेटको समयमा ठुलिमायालाइ मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।