हेटौंडाः खनिज ईन्धन समाप्त गर्न विश्वव्यापी संघर्ष कार्यक्रम हेटौंडामा भएको छ । शनिबार बिहान दिगो विकास संस्थानकोे सहकार्य र खनिज ईन्धन समाप्त गर्न विश्वव्यापी संघर्ष टिम हेटौंडा आयोजनामा कार्यक्रम भएको हो ।
खनिज ईन्धन समाप्त गर्न विश्वव्यापी संघर्ष हेटौंडा जलवायु जन मार्च शिघ्र, निष्पक्ष र सधै भरका लागी भनि लेखिएको ब्यानरमा बोकी कार्यक्रम भएका हो । कार्यक्रम हेटौंडा–१०, स्थित वन बिज्ञान अध्ययन संस्थानको प्राङ्गणमा विद्यार्थीहरु भेला भई कार्यक्रम सुरुभएको थियो । वन विज्ञान अध्ययन संस्थानबाट र्यालि सुरुभई बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा हाम्रो जिवजन्तु हाम्रो वातावरण र वन संरक्षण गरौ लगाई सम्पुर्ण तन मन धन, तातो तातो जलवायु छ पगलियो हिमालको हिउँ, यँहा वतावरणको छ चिन्ता तिमी मया मया भन्छौ, वातावरण संरक्षण र व्यवस्थापन आजको आवश्यकता हो भन्दै नारा लागाइएको थियो ।
कोण सभा गर्दै जलवायु मार्च सम्बधित जनचेतनामुलक नाटक समेत देखाइएको थियो । कार्यक्रमा दिगो विकास संस्थानको प्रतिनिधी एलिसा पुलामीले युवाहरू जलवायु मार्चमा लागनु पर्ने बताउनुभयो । जलवायु नियन्त्रण गर्नको लागी हामी सम्पुर्ण युवाले एक जुट भएर अगाडी लाग्नु पर्ने बताउँदै उहाँले यस्तो कार्यक्रम ९ ओटा जिल्लामा भएको जानकारी दिनुभयो । कार्यक्रममा दिगो विकास संस्थानका प्रतिनिधि एलिसा मुलामी, कल्यान राज खडका, प्रशान्त लामिछाने, सुस्मिता चौधरी, नेपाली कांग्रेसका युवा नेता विकेसलाल श्रेष्ठ, विद्यार्थीहरु लगाएतको उपस्थिती रहेको थियो ।
