Home मुख्य समाचार स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरद्वारा बिरोध प्रदर्शन

स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरद्वारा बिरोध प्रदर्शन

स्वास्थ्यकर्मीहरुले प्लेकार्ड बोकि शान्तिपुर्ण रुपमा बिरोध प्रदर्शन गर्दैको तस्वीर ।

हेटौंडाः राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुर समितिद्वारा शान्तिपूर्ण बिरोध प्रदर्शन भएको छ । शनिबार स्वास्थकर्मी महासंघले हेटौंडा–१०, स्थित बागमती प्रदेश सभाको गेट अगाढी बिरोध प्रदर्शन बिरोध प्रदर्शन गरेका हुन ।

बुधबार बिहान हेटौँडा–१ स्थित सञ्चो हस्पिटलमा विरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा. प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो । उक्त घटनालाई लिएर मकवानपुरका स्वास्थ्यकर्मीहरु आन्लदोलनमा उत्रिएका छन । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुर समिति अध्यक्ष भोला चौलागाईंको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले प्लेकार्ड बोकि शान्तिपुर्ण रुपमा बिरोध प्रदर्शन गरेका हुन ।

प्लेकार्डमा डर त्रासमा स्वास्थकर्मीहरुले कहिले सम्म सेवा दिने काम गर्ने ?, स्वास्थकर्मीलाई पिट्नेलाई कारवाही भएन वरि लै, ज्यान जोगाउनेको ज्यानको सुरक्षा खोइ, स्वास्थकर्मीको लागी न्याय खोज्न कहाँ जाउ, डाक्टरले बचाउने की आफु बाच्ने, स्वदेशमा उपचार सेवा गर्नु भन्दा खाडी वेश हो की, प्रशासन के हेरी बस्या छ आँखामा पट्टि त कानुनको हुन्छ, न्याय खोज्न कहाँ जाउँ जस्ता नाराहरु लेखीएको थियो ।

प्रदेश सभा घेराउ गरि आफुहरुले प्रदेश सभा सदस्य, मन्त्री, दलका नेताहरुलाई प्रदेश सभामा डाक्टरहरुको विषमा कुरा उठाउन माग गरेको बरिष्ठ बालरोक विशेषग्य डा. हरी खड्काले बताउनुभयो । प्रहरीले घटनामा संलग्न रहेका हेटौँडा–१२ की रमा प्रधान र रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ भने अन्यको खोजिकार्य भइरहेको जनाएको छ । चिकित्सकहरु घटना घटाउनेहरुको कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

Exit mobile version