हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन शाखामा विगत ९ वर्षदेखी कार्यरत रहेका तीन कुकुर सेवा निवृत्त भएका छन् । बुधबार शेरे, टाइगर र जोन नामका कुकुरहरु सेवाबाट निवृत्त भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दीपक रेग्मीले बताउनुभयो ।
ती कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी प्रहरी कुकुरहरूको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन–२०८० बमोजिम सेवा निवृत्त भएका हुन् । जोन र शेरे नामका कुकुरहरूले आफ्नो सेवा अवधिमा १ हजार २ सय पटक लागूऔषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका थिए भने टाईगर नामको कुकुरले सुरक्षाको लागि ७ सय पटक विशिष्ट व्यक्तिहरूको समारोह स्थल, बाटो, संसद भवन लगायत विभिन्न स्थानमा चेकजाँच गरी आफ्नो जिम्मेवारी निर्वाह गरेको थियो । यस्तै बागमती प्रदेश अन्तर्गत जिल्लाहरूमा घटेका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अपराध अनुसन्धान गर्नमा समेत् उल्लेखित प्रहरी कुकुरहरूको उत्कृष्ट भुमिका रहेको थियो ।
सेवा निवृक्त तीन वटा कुकुरलाई संगठनबाट प्राप्त हुने रासन कट्टी हुने प्रवक्ता रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो ‘तालिम तालिम प्राप्त गरी प्रहरी सेवामा रहेका कुकुरहरुलाई करिब १० वर्ष पुगेपछि उसले गर्ने कामको टेक्निकल टिमले पहिचान गर्छन्, उसले प्राक्टिकलमा कति नम्बर ल्याउँछ भनेर रिर्पोट र नम्बरीङ गर्छ । अलि टाँढा पुग्न नसकेमा, सुघ्न नसकेमा फेल हुने र डिस्कार्ट गर्छ ।’
सेवा निवृत्त कुकुरहरुले पुलिसको काम गर्न नसके पनि दुई–चारवर्ष घरमा गार्डको काम गर्न सक्ने उहाँको भनाई छ । ती कुकुरहरुलाई कसैले माग गर्न र निवेदन दिन आएमा भरपाई गरेर लैजान सकिने उहाँले बताउनुभयो । यदि कसैले नलगेमा भने उसले पाउनुपर्ने अन्य रासन खुवाएर राख्नेछन् । उसले त्यो फ्याकल्टी भने नपाउने उहाँले बताउनुभयो । बागमती प्रदेश प्रहरी मातहत अहिले ६ वटा कुकुरहरुलाई रहेको उहाँले बताउनुभयो । जसमध्ये ४ वटा कार्यरत र २
